Thursday, November 13, 2014

न सक्छु

न सक्छु झारेरै आशु मैले तिम्रो याद मेटाउन

न सक्छु चाहेरै आफै तिमी लाई भेट्न आउन


साथ दिएन समयले वा ठग्यो कि नियतिले खै

न सक्छु कर्मसंग हार्न न भाग्यलाई दोष लाउन



दुख्छ अनि पोल्छ छातिभित्र बिनाकारण घरीघरी

न सक्छु खुसि हुन न सक्छु आफैलाई सम्झाउन



कहिल्यै नमेटिने यादहरु  मुटुभित्र बोकी सधैसधै

न सक्छु तिनै यादहरु  संगालेर भित्रैबाट रमाउन



निरासाको धुन निरन्तर बजाईरहेछ एक बासुरी

न सक्छु त्यहि  धुनमा शब्द भरेर गित गाउन