फुटबल टिममा खेलिने गेम
भएकोले टिमका हरेक सदस्यको प्रभावसाली प्रदर्शन बिना वान्छित सफलता हात पार्न
मुस्किल पर्छ। तर एक्लै ब्याक्तिको प्रदर्शनले समग्र टिमको प्रदर्शनमा प्रभाव
पार्न सक्ने केहि सिमित खेलाडीहरु पनि नभएका भने होईनन। यहा त्यस्तै खेलाडीको छोटो
चर्चा गरिन्छ जसको उच्च प्रदर्शनको सहायताले उनीहरुको राष्ट्रले ब्राजिलमा हुन
गईरहेको विश्वकपको यो संस्करणको उपाधी नै उचाल्न पनि सक्नेछ । बिगतमा आफुले खेलेको
क्लब र राष्ट्रको प्रदर्शन तथा यो विश्वकपमा प्रभाव पार्न सक्ने हैसियत भएका केहि
स्ट्राईकरहरु चर्चा यहा गरिएको छ जसलाई रोक्न सक्नु बिपक्षी रक्षापंक्ति तथा गोलकिपरलाई ठुलै
चुनौती हुन सक्नेछ ।
१) वाईने रुनी (Wayne Mark Rooney) :- इंग्ल्यान्ड को राष्ट्रिय
टिम तथा म्यानचेस्टर युनाईटेडका ५ फिट ९ ईन्च अग्ला यी २८ बर्षीय स्ट्राईकर आफ्नो
एकल प्रदर्शनको सहायतामा टिमलाई आवश्यक जित दिलाउन सक्ने खेलाडी हुन । सन् १९८५ अक्टोबर २४ मा
जन्मिएका एभर्टन को युवा एकेडेमीको उत्पादन रुनी सन् २००४ यता लगातार म्यानचेस्टर
युनाईटेड बाट खेल्दै आईरहेका छन, उनले म्यानचेस्टर युनाईटेड को लागि ३०७
खेलमा कुल १५८ गोल गरेका छन् । १७ बर्षको उमेरमा
इंग्ल्यान्ड को तर्फबाट पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेलेका उनले हालसम्म
इंग्ल्याण्डको लागि ८९ खेलमा ३८ गोल गरिसकेका छन् । म्यानचेस्टर
युनाईटेड बाट यौटा च्याम्पियन्स लिग ट्रफी र पाचवटा प्रिमियर लिग उपाधी हासिल
गरेका रुनी लाई रोक्नु विश्वकपमा प्रतिद्वन्दीहरुलाई निकै कठिन हुनेछ ।

२)रोबिन भान पर्सि (Robin van Persie):- हाल म्यानचेस्टर युनाईटेड
बाट क्लब फुटबल खेल्ने डच राष्ट्रिय टिमका क्याप्टेन ३० बर्षिय फरवार्ड भान पर्सि
६ फिट २ ईन्च अग्ला छन् । ६ अगस्ट १९८३ मा जन्मिएका
पर्सि नेदरल्याण्डको Feyenoord Academy का उत्पादन हुन । सन्
२००४ मा Feyenoord बाट आर्सनल आएका उनले २०१२
सम्म त्यहाँ खेल्ने क्रममा १९४ खेलमा ९६ गोल गरेका थिए भने २०१२ मा आर्सनलबाट उनि
म्यानचेस्टर युनाईटेड तर्फ लागे । हालसम्म उनले ५९ खेलबाट ३८
गोल म्यानचेस्टर युनाईटेडको लागी गरिसकेका छन् । २००५ मा
नेदरल्यान्डको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले हालसम्म ८३ खेल खेल्दै
४२ अन्तराष्ट्रिय गोल गरिसकेका छन् । आर्सनलबाट
यौटा FA कप र म्यानचेस्टर युनाईटेड बाट यौटा प्रिमियर लिग
उपाधी उचालेका उनि नेदरल्याण्ड २०१० को विश्वकप फुटबलमा उपविजेता हुदा टोलीका प्रमुख सदस्यको रुपमा
थिए ।

३)थोमस मुलर (Thomas
Muller):-२४
बर्षीय युवा प्रतिभा थोमस मुलर जर्मनी राष्ट्रिय टिमका नियामित सदस्य हुन । ६ फिट
एक इन्च अग्ला उनि गोललाईन तथा मिडफिल्डमा प्रभावसाली प्रदर्शन गर्न सक्ने
खेलाडीमा चिनिन्छन भने क्लब फुटबल जर्मनीको बार्यन म्युनिखबाट खेल्छन । बार्यन
म्युनिखबाट खेल्ने क्रममा उनले १६५ गेमबाट ५८ गोल गरेका छन् । जर्मनीको
सिनियर राष्ट्रिय टोलीमा २०१० सालमा डेब्यु गरेका उनले कुल १६ अन्तराष्ट्रिय गोल
गरेका छन् भने ४७ गेम खेलेका छन् । गत
संस्करणको विश्वकपमा सहभागिता जनाउदै उत्कृष्ट युवा खेलाडी चुनिएका उनले उक्त
विश्वकपमा कुल ५ गोल र ३ सहयोग(गोलको लागी)का लागी सर्वाधिक गोलाकर्ताले ले पाउने ‘गोल्डेन बुट’ अवार्ड प्राप्त गरेका थिए। बार्यन
म्युनिखको लागि ३ वटा बुन्डेसलिगा उपाधी जितेका उनले यौटा च्याम्पियन्स लिग उपाधी
उचालेका छन् ।

४)क्रिस्चियानो रोनाल्डो (Cristiano Ronaldo dos Santos Aveiro):-६ फ़िट १ ईन्च अग्ला २९ बर्षिय रियल म्याड्रिड का
प्रतिभासालि स्ट्राईकर क्रिस्चियानो रोनाल्डो पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान
हुन । ५ फेब्रुअरी १९८५ मा
जन्मिएका रोनाल्डोले स्पोर्टिंग क्लब दि पोर्चुगलबाट क्लब फुटबल करियर सुरु गरेका
थिए भने सन् २००३ देखि २००९ सम्म प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड बाट
खेलेका थिए सो क्रममा उनले १९६ खेलमा ८४ गोल गरेका थिए । सन् २००९ मा म्यानचेस्टर
युनाईटेड छोडेर रियल म्याड्रिड तर्फ लागेका उनि हाल रियल म्याड्रिड बाटै खेलिरहेका
छन् सो क्रममा उनले रियलका लागी १६५ खेलबाट १७७ गोल गरिसकेका छन् । सन् २००३ मा पोर्चुगलको
सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका उनले पोर्चुगलको लागी ११० खेलबाट ४९
अन्तराष्ट्रीय गोल गरेका छन् । सर्वाधिक कमाई गर्ने खेलाडी को पहिलो स्थानमा रहेका उनले एकपटक फिफा बेलन डी
अवार्ड हात पारेका छन् भने २ पटक च्याम्पियन्स लिग (म्यानचेस्टर युनाईटेड बाट एउटा
रियल म्याड्रिड बाट एउटा ), एक पटक लालिगा २ पटक कोपा डेला रे तिन पटक प्रिमियर
लिग लगायत दर्जनौ उपाधी उचालेका छन् । रोनाल्डोले आफ्नो क्षमता
अनुसारको प्रदर्शन मात्रै गरेभने पनि पोर्चुगलले सहभागी अन्य टिमलाई हराउदै
विश्वकप उपाधी उचाल्न सक्नेछ ।

५)नेयमार(Neymar da Silva Santos Júnior):-५ फिट ९ इन्च अग्ला बाईस बर्षिय ब्राजिलियन छरिता युवा
स्ट्राईकर नेयमार हाल स्पेनिस क्लब बार्षीलोना
बाट क्लब फुटबल खेल्छन कलिलै उमेरमा फुटबल पारखी दर्शकको मन जित्न सफल उनको
प्रदर्शनको सहायता बाट आयोजक ब्राजिल छैटौ पटक विश्वकप उपाधी उचाल्ने दाउमा छ । ब्राजिलियन कलाब सान्तोस
बाट सिनियर क्लब फुटबल खेल्न थालेका उनले सान्तोसका लागि १०३ खेलमा ५४ गोल गरेका
थिए । २०१३ मा सान्तोश छोडेर
बार्षिलोना गएका नेयमार ले बार्षिलोना का लागि २६ खेल खेल्दै ९ गोल गरेका छन् । सन् २०१० मा ब्राजिलको
सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले कुल ४७ खेलमा ३० अन्तराष्ट्रिय गोल
गरेका छन् । ब्राजिलको लागि २०१३ मा फिफा
कन्फेडेरेसन कप जितेका उनले सो प्रतियोगितामा उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल
प्राप्त गरेका थिए ।

६)लियोनल मेस्सी (Lionel Andrés Messi):-५ फिट ७ ईन्च अग्ला अर्जेन्टिनी कप्तान तथा क्लब फुटबलका वर्तमानका
सर्वाधिक सफल खेलाडीहरुमध्य एक लियोनल मेस्सी आफ्नो जादुइ फुटबल कलाबाट दर्शकको
मनमा छाउन सफल खेलाडी हुन । बार्षिलोना बाट क्लब फुटबल करियर सुरु गरेका मेस्सिले बार्सिलोनाका लागि २७६
खेलमा २४३ गोल गरेका छन् । सन् २००५ मा अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका मेस्सिले ८३
खेलबाट ३७ अन्तराष्ट्रिय गोल गरेका छन् । बार्शिलोनाबाट ६ पटक लालिगा र तिन पटक च्याम्पियन्स लिग उपाधि लगायत दर्जनौ
उपाधी जितेका उनले अर्जेन्टिना बाट एकपटक ओलम्पिक गोल्ड मेडल र एकपटक अन्डर-२०
विश्वकप उपाधी जितेका छन् । चारपटक सम्म
फिफाको बेलन डी अवार्ड प्राप्त गर्ने मेस्सी एकमात्र खेलाडी हुन । मिजासिलो व्यवाहार र कलात्मक फुटबलको संयोजन मेस्सीलाई आफ्नो
राष्ट्रका लागि राम्रो खेल्न सक्दैनन् भन्ने आरोप पनि लाग्ने गरेको छ तर उनि आफ्नो
क्षमताको भरपुर उपयोग गर्दै अर्जेन्टिना लाई यो पटक विश्वकप उपाधी दिलाएर आलोचकलाई
जवाफ दिन सक्ने खेलाडी हुन् ।
फेरी पनि एकैजनाको मात्र
प्रयासले फुटबलमा आवश्यक परिणाम हासिल गर्न निक्कै मुस्किल पर्छ । समग्र टिमका खेलाडीको उच्च
प्रदर्शन बिना एकल प्रयासले उपलब्धि हासिल हुन सक्ने खेल हैन फुटबल त्यसैले टिम भावना अनुरुप खेलेर आफ्नो देशको लागि विश्वकपमा राम्रो प्रदर्शन गर्न सकुन सबै खेलाडिले।