अरे यार सन्तोषsssss भाई
माथिल्लो तलाबाट हामिकको ठुलो स्वर भर्यांग को
बाटो झर्दै मेरो क्याबिन सम्म आईपुग्यो !
हरेक चोटी माथि उनको रुममा जादा दाई यसरि कराएर
बोलाउनु भन्दा एक्सटेन्सन नम्बर *८०५ डायल गर्नुस मै उठाउछु भनेर सम्झाउछु फोनतिर
देखाएर तर फेरी अर्कोपल्ट यार सन्तोष यहाँ आईहाल त एकचोटी भनेर सुन्नै पर्छ
पुक्लुक्क निस्किएको उनकै भुँडी भन्दा अझ ठुलो आवाजमा!!!
मेरा हाकिम आफ्नो कम्पनीका मालिक हुन् तर
सम्बोधन दाई भन्छु म र भाई भन्छन उनि !
हरेक चोटी अघिल्तिर पर्दा मेरो कानमा पर्ने
उनको स्वर “अरे यार भाई कसरि मिलाईहालेछौ यो हिसाबकिताब
? कुनै गडबड त भैहालेको छैन नि?” पनि
एउटा कारण हुनसक्छ सकेसम्म हाकिमको अघि पर्न नपरे हुन्थ्यो झैँ लाग्छ आफुलाई l
आज सुरुमै “अरे जहिले ढिलो अफिस आउछौ यार
तिमेरु? अल्छी गरिहाल्छौ समयमै अफिस आईहाल्न पनि? यसरि कसरि काम हुन्छ यार? एक दिनको तलब
काटिदिईहाल्छु पर्सि दिनेबेलामा” भन्ने डाईलग खान तयार त
बिहान जाममा लाईन लागेको बेलै भएको थिए!
फेरी तेल रिजर्भ लागेको अस्ति नै हो, एकैछिन पेट्रोल पम्प मा लाईन लागे, ५-७ मिनेट जति त्यहिँ अलमलिए, खल्तीमा हेरे
१००० को नोट बाकि थियो तलब आउन अझ एक हप्ता बाँकि! ५०० को तेल हाले बाँकी ५०० ले एक
हप्तालाई चिया चुरोट पुर्याउनु थियो !
समयमै हिडेको त हो तर तेल हाल्न रोकिनाले र
सातदोबाटोको लामो जाम पार गर्दा गर्दै एकछिन ढिला हुने पक्का थियो, अझ १० मिनेटको बाटो कतै जाममा नपरे बाँकि नै थियो, जाममा
परुन्जेल बाईकको डिस्प्लेमा हेरिरहे घडी ९.११ देखाएर पिलपिल गर्दै थियो, एकतमासले पिलपिल गर्दै ९:१४ ९ :१५ हुदै तेज तेज गतिमा फेरिईरहेको थियो !
आज पुरै २५ मिनेट ढिलो अफिस छिरिएको थियो !
माथि पुगेर उनको अघिल्तिर नपरिसक्दै बिहान
जाममा पर्दा सोचेको डाईलग कमा पनि नबिराई सुनियो “अझ जाममा परिहालेछु भन न” भन्ने बाक्याशं बोनस सहित l
हो दाई आज अलि लामै जाम रहेछ सातदोबाटोमा, म मुस्काउने प्रयत्न गरे !
अरे यार भाई घरबाट अलि चाडैं निस्किहाल्न पर्दैन थियो त? प्रश्न तेर्साएर थप कड्किए ९ बजे अफिस नआईपुगे गेट बाटै पस्न दिईहाल्दिन आईन्दा देखि, बिचार गरेर ल्याईहाल !!
अस्ति छातीमा समस्या देखिदा सापट लिएको पैसा
भान्दाईले जसरि पनि आजभोली सम्म फिर्ता दिनु भनेको सम्झदै अफिसमा काम गर्न थाले, आज पेश्की माग्न पर्यो अहिले पार्टी पेमेन्ट पनि त्यति जरुरि छैन
ब्यालेन्स पनि टन्न छ, बरु मासिक तलब लिने बेला ५-५ हजार
कटाएर २५००० जति भए मेरो समस्या टर्ने थियो l
फेरी आज अफिसमा पार्टीले जम्मा गरेको पैसा नि
निकै जम्मा भएको थियो!
अफिसबाट निस्कने बेलामा मन नलागी नलागी
अघिल्तिर गएर मुख खोले दाई २५००० जति चाहिएको थियो पेश्कीSss
मासिक तलब बाट कटाउनुहोला ५ महिना सम्ममा! भन्न
नपाउदै हुदैन अरे यार देखिहालेको छौ त त्यत्रो पार्टीको उधारो तिरिहाल्न बाँकि नै छ, बैंकमा
ब्याज बुझाईहाल्न छ फेरी मसान्त आईहाल्न लागिसक्यो, अक्रम बक्रम आफ्ना समस्या सुनाउदै गए,
छड्के नजरले हेर्दै डे बुक पल्टाएर घोरिन थाले म चुपचाप खुट्टाको
बुढी औलाले भुई कोट्याउदै अघिल्तिर उभिईरहे!
२५००० मेनेज गर्नु उनलाई समुन्द्रबाट एक थोपो
पानि मेनेज गर्नु जति गाह्रो नि थिएन बुझेको थिए मैले, तर नाई भनेपछि अझै पनि दोहोरो कुरा गर्नु व्यर्थ थियो!
डे बुक पल्टाएर जोड जाड गरे, क्यास एण्ड बैंक ब्यालेन्स लेखेर तल दुईटा धर्का स्वाट स्वाट तानेर बन्द गरे! बुक दराजमा थन्क्याएर आफ्नो बाटो
लागे चिया चुरोट खादै साथिभाई लाइ गफ चुट्न!!
No comments:
Post a Comment