हरेक
चार चार बर्षमा हुने फुटबलको कुम्भ मेला विश्वकप फुटबल २०१४ यसै बर्षको जुन १२
देखि जुलाई १३ सम्म ब्राजिलमा आयोजना हुदैछ । एक महिना सम्म चल्ने उक्त प्रतियोगिता ३२ फुटबलका
महाशाक्ती राष्ट्र हरु बीच यौटा ट्रफी उचाल्नको लागि हुनेछ । आठओटा समूहमा विभाजन
गरिएको उक्त प्रतियोगितामा हरेक समुहमा चार टिम रहनेछन् भने शिर्ष २ टोलि
प्रि-क्वाटरफाइनलमा पुग्नेछन। समूह चरणको खेल लिग अवधारणामा चल्नेछ भने प्रि-क्वाटरफाईनल
देखि फईनलसम्म नकआउट।
ग्रुप ए मा आयोजक तथा पाच पटकको च्याम्पियन ब्राजिल , क्रोएसिया , मेक्सिको र क्यामरुन
रहेका छन् । ग्रुप बि मा गत
संस्करणको बिजेता स्पेन , दाबेदार नेदरल्याण्ड (हल्याण्ड), चिली तथा अष्ट्रेलिया छन् । ग्रुप सी मा कोलम्बिया, ग्रिस, आईभरि कोष्ट र जापान छन् । ग्रुप डी मा उरुग्वे, इंग्ल्यान्ड , इटाली र कोष्टारिका रहेका
छन् यो ग्रुप यसपटकको विश्वकपमा कठिन ग्रुप (ग्रुप अफ डेथ) पनि मानिएको छ । ग्रुप ई मा
स्विजरल्यान्ड, ईक्वेडर, फ्रान्स र होंडूरस छन् । त्यस्तै ग्रुप एफमा दावेदार अर्जेन्टिना, बोस्निया हर्जगोभिना, ईरान र नाईजेरिया छन् । त्यस्तै ग्रुप जी मा
जर्मनी, पोर्चुगल, घाना र यूएसए रहेका छन् । त्यस्तै आठौ ग्रुप, ग्रुप एचमा बेल्जियम अल्जेरिया रसिया र दक्षिण कोरिया रहेका छन् ।
बिभिन्न छ वटा क्षेत्रबाट छनौट चरण पार गर्दै यी ३२ राष्ट्र हरु आफुलाई अब्बल
सावित गर्न विश्वकपको मैदानमा उत्रिदैछन । प्रतियोगितामा सबैभन्दा
बढी युरोप क्षेत्रबाट १३ टिम (बेल्जियम, बोस्निया हर्जगोभिना , क्रोएसिया, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, ईटाली, नेदरल्यान्ड्स, पोर्चुगल, रसिया, स्पेन र स्वीजरल्याण्ड )
छन् । त्यस्तै दक्षिण अमेरिकि
क्षेत्रबाट ६ टिम (अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, ईक्वेडर र उरुग्वे )
रहेका छन् । अफ्रिका क्षेत्रबाट ५ टिम(अल्जेरिया, क्यामरुन, आईभरि कोष्ट, घाना र नाईजेरिया ) छन् । एसिया क्षेत्रबाट ४ टिम
(अष्ट्रेलिया, ईरान, जापान र दक्षिण कोरिया )
रहेका छन् । उत्तर, मध्य अमेरिका तथा
क्यारेबियन क्षेत्रबाट ४ टिम (कोस्टारिका, होन्डुरस, युएसए र
मेक्सिको ) सहभागी हुदैछन । त्यस्तै ओसिएनिया क्षेत्रबाट
न्युजिल्यान्डले प्ले अफ खेलेको भएतापनि उत्तर, मध्य अमेरिका तथा
क्यारेबियन क्षेत्रको मेक्सिको संग अन्तरमहादेशीय
प्लेअफमा पराजित भएपछी सो क्षेत्र बाट कुनै पानी टिम सहभागी हुन् सकेनन ।
विश्वकपमा सहभागी हरेक
टोली प्रतियोगिताका दावेदार मानिए पनि छनौटमा गरेको पर्दर्शन लगाएत पछिल्लो समयमा
उक्त राष्ट्रका खेलाडी हरुले गरेको प्रदर्शनलाई आधार मानेर आयोजक ब्राजिल
, अर्जेन्टिना, जर्मनी, स्पेन, नेदरल्याण्ड, इंग्ल्याण्ड आदिलाई उपाधी को प्रबल
दावेदार मानिएको छ । यी लगाएत पोर्चुगल, इटाली, फ्रान्स, उरुग्वे तथा अन्य सहभागी
राष्ट्रहरुले उपाधी उचाले पनि अचम्म मान्नु पर्दैन।

No comments:
Post a Comment